logo
Your professional website

आयुर्वेद विज्ञान

brahmakumar Arjun Shrestha

Om Shanti

farista.bkarjun@gmail.com


ऋतुचर्या

पृथ्वीले सूर्यकाे परिक्रमा गर्ने क्रममा दिनकाे अवधि, तापक्रम, वर्षा, आर्द्रता इत्यादि मौसमकाे अवस्था एक चक्रीय रूपमा परिवर्तन हुन्छ। जसले गर्दा मौसमकाे अवस्था विशेष अलग अलग प्रकारकाे हुन्छ। त्यसै क्रममा ऋतुकाे विभाजन हुन्छ। दुई महिनाकाे एउटा ऋतु हुन्छ। बर्षमा छ वटा ऋतुहरू हुन्छन्। सबै ऋतुमा अलग अलग वातावरण हुने भएकाेले त्यसै ऋतुचर्या अनुरूप आहार, विहार र व्यवहार अपनाएमा शरीरलाई स्वस्थ राख्न मद्दत पुग्दछ। 


त्यसैले यहाँ बसन्त ऋतु :  चैत्र - बैशाख,  गृष्म ऋतु :  जेठ - असार,  वर्षा ऋतु :  साउन - भदाै,  शरद ऋतु :  असाेज - कार्तिक,  हेमन्त ऋतु :  मंसिर - पुष र शिषिर ऋतु :  माघ - फागुन  यी सबै ऋतुमा हुने माैसम र वातावरण अनुसार अपनाउनु पर्ने ऋतुचर्याकाे विषयमा अलग अलग चर्चा गरिएकाे छ :

वसन्त ऋतु : चैत्र - बैशाख

वसन्त ऋतु : चैत्र - वैशाख


चैत र बैशाख महिनालाई वसन्त ऋतु मानिन्छ। शिशिर ऋतु अर्थात् माघ फागुन महिनामा शरीरमा कफ संचय हुन्छ र वसन्त ऋतुमा गर्मिको कारणले कफ पग्लेर कफको प्रकोप बढ्छ जसले गर्दा शरीरमा पाचन अग्नि कमजोर हुने, खान मन नलाग्ने, आलस्य हुने, निद्रा धेरै लाग्ने, केही काम गर्न मन नलाग्ने, घाँटी र आमाशयमा कफ जमेर अग्निमन्द हुने र पेट सम्बन्धि रोगहरू उत्पन्न हुने, रूघा, खोकी, दम आदि कफसँग सम्बन्धित रोग हुने, छालाको रोग हुने सम्भावना हुन्छ।


यस ऋतुमा कफ प्रकोप बढ्ने कारण:


🍁 गरिष्ट, सर्दि अन्न, चिल्लो, अमिलो, गुलियो, नयाँ धानको चामल, दूध, दही, पनिर, घ्यू आदिको सेवन।


🍁 सधैं बसिरहने, पाैष्टिक पदार्थ धेरै खाने, दिउँसो सुत्ने, मेहनत नगर्ने व्यक्तिलाई कफसँग सम्बन्धित राेग हुन्छ।


कफ प्रकोपबाट बच्ने उपाय:


🍁 पुरानो अन्न, व्यायाम, तेल मालिस, मेहनत (श्रम), मह सेवन गर्नाले कफ शान्त हुन्छ।


🍁 तीतो पदार्थ (नीम, करेला, चिराइतो आदि) सेवनले कफ प्रकोपलाई शान्त गर्न मद्धत पुर्याउछ।


🍁 ज्वानो, पिपली, सुठो (सुकेको अदुवा), निम, करेला, बेसार, मेथी, हर्राे आदि खानामा प्रयोग गरेमा कफ प्रकोप हुन पाउँदैन।

गृष्म ऋतु : जेठ - असार

गृष्म ऋतु : जेठ - असार


जेठ-असार महिनालाई गृष्म ऋतु भनिन्छ। बसन्त ऋतु अर्थात् चैत्र-बैशाख महिनामा शरीरमा कफ वृद्धि हुनाले कफसँग सम्बन्धित प्रकोप बढ्छ र गृष्म ऋतुमा सूर्य उत्तरायण हुने भएकोले प्रचण्ड गर्मीको कारण शरिरमा पानीको मात्रा कम हुन पुग्छ जसले गर्दा जण्डिस, थकान, कमजोरी, बेचैनी, कमजोर पाचन, उल्टी, डायरिया, टाउको दुख्ने आदि रोग हुने सम्भावना हुन्छ। त्यसैले मौसम परिवर्तनको साथ साथै ऋतु अनुसारको भोजन विधिलाई अपनाएर शरीरमा सन्तुलन मिलाएमा स्वास्थ्य रक्षा गर्न सहयोग मिल्नेछ।


यस ऋतुमा ध्यान दिनु पर्ने आवश्यक कुराहरू:


🍁 शरीरमा पानीको सन्तुलन कायम राख्नका लागि पानी तथा अन्य तरल पदार्थ बढी पिउने।


🍁 रसिलो फलफूल खाने।


🍁 खानामा मधुर रस अर्थात् गुलियो पदार्थ संलग्न गर्ने।


🍁 खाना पच्न सजिलो, स्निग्ध अर्थात् थोरै मात्रामा घ्यू राखिएको, शितल र जल तत्व बढी भएको अर्थात् रसिलो हुनुपर्छ।


🍁 यस ऋतुमा खाना पूरा पेट भरिने गरि नखाएमा सजिलोसँग पाचन हुन्छ।


🍁 खानामा चामल, गहुँको रोटी मुगको दाल, मुसुरोको दाल, लौका, फर्सी, घिरौंला, परवल तथा यस सिजनमा पाइने सब्जी खानु राम्रो हुन्छ।


🍁 सागको परिकार कम खाने।


🍁 यस ऋतुमा बिहान या दिउँसो एक पटक मात्र जौ र चना मिसाएको सातुको सर्वत मिस्री या गुण मिसाएर खानु स्वास्थको लागि अति राम्रो मानिन्छ।


🍁 माटोको भाँडामा राखिएको पानी पिउनु राम्रो हुन्छ।


🍁 यस मौसममा खजुर, कालो मुनक्का, अमला क्याण्डी, आँप, केरा, अंगुर खान स्वास्थ्यको लागि आवश्यक हुन्छ।


🍁 आयुर्वेद अनुसार केवल यस ऋतुमा मात्रै दिउँसो केही समय आराम गर्न राम्रो मानिन्छ। तर, मोटो शरीर भएको व्यक्तिले भने दिउँसो आराम नगर्नु राम्रो हुन्छ।


🍁 कागती, पुदिना आदिको सर्वतमा मिश्री लगाएर पिउने।


🍁 रातमा सेलाएको शितल दूधमा मिश्री राखेर पिउनु राम्रो हुन्छ।


🍁 दिउँसो कतै हिड्नु परेमा टाउकोमा पानीले भिजाएको रूमाल राख्ने या छाताको अनिवार्य प्रयोग गर्ने।


🍁 भोजन पश्चात् अमिलो नभएको दहीबाट बनाएको मोहीमा भुटेको जिराको धुलो र मिस्री मिलाएर पिएमा पाचन पनि राम्रो हुन्छ र शरीरमा पानीको मात्रा पनि सन्तुलित रहन्छ। तर, दही आफैमा अमिलो छ भने मिस्री मिलाएर गुलियो बनाए पनि फाइदा गर्दैन।


🍁 गर्मिबाट शरीरलाई बचाउने।


गृष्म ऋतुमा अपनाउनु पर्ने सावधानी:


🍁 पिप्ला, ज्वानो, अदुवा आदि गरम मसला नखाने।


🍁 तेलमा भुटेको-तारेको नखाने।


🍁 यस ऋतुमा दहि नखाने।


🍁 पिरो, अमिलो, नूनिलोले शरीरमा गर्मी बढाउने भएकोले यसको प्रयोग नगर्ने या अत्यन्तै कम गर्ने।


🍁 मसला युक्त भोजन नगर्ने।


🍁 धेरै व्यायाम नगर्ने।

वर्षा ऋतु : साउन - भदाै

वर्षा ऋतु : श्रावण - भदाै


यस ऋतुमा वर्षाको कारण वातावरणमा चिसोपन हुन्छ, पाचन कमजोर हुन्छ। त्यसैले आहारमा परिवर्तन गरेर यस माैसमा हुने ज्वरो, रूघा, वाथ बढ्ने, घाउ खटिरा र शरीर दुख्ने आदि समस्याबाट वच्न सकिन्छ :


आयुर्वेद अनुसार यस ऋतुमा पालन गर्नुपर्ने नियमहरू :


🍁 यस ऋतुमा सुपाच्य, ताजा, गरम र स्निघ्ध भोजन गर्नु पर्ने हुन्छ।


🍁 गुलियो, अमिलो र नुनिलो पदार्थ बढी प्रयोग गर्ने।


🍁 पिउनमा गरम पानी प्रयोग गर्ने।


🍁 पुरानो अन्न प्रयोग गर्ने। अन्नमा सबैभन्दा राम्रो गहूँ त्यसपछि मकै, चामल प्रयोग गर्ने, त्यसमा गाईको घ्यू राखेर खाएमा पाचन पनि राम्रोसँग हुन्छ र वाथ बढ्न पनि पाउदैन।


🍁 सब्जीमा बैगन, लौका, भिण्डी, परबल, घिरौला, टमाटर प्रयोग गर्ने।


🍁 यस मौसममा विषेश गरेर मुगको दाल प्रयोग गर्ने, अरहरको दाल पनि प्रयोग गर्न सकिन्छ अन्य दालले ग्यास पैदा गर्छ।


🍁 फलमा आँप, स्याउ, जामुन, केरा खाने।


🍁 खानामा गाईको घ्यू राखेर खानाले पाचन अग्नि प्रदिप्त हुनुका साथै वात रोग बढ्न पाउदैन।


🍁 यस मौसममा सिधे नून, ज्वानो, जिरा, ल्वाङ राखेर मोही खानु स्वास्थ्यको लागि राम्रो हुन्छ।


🍁 यस माैसममा तिर्खा लागेको समयमा पानिमा मह राखेर पिउदा राम्रो हुन्छ।


🍁 खाना बनाउदा हिङ, जिरा, कडिपत्ता प्रयोग गरेमा पाचन राम्रो हुन्छ।


🍁 यस ऋतुमा राम्रोसँग जमेको दही थोरै मात्रामा खानु स्वास्थको लागि राम्रो हुन्छ।


🍁 अचार प्रेमिहरूले यस ऋतुमा अमिलो, नुनिलो, मसला राखेर बनाएको तर पिरो नभएको अचार खान मिल्छ।


🍁 यस ऋतुमा उपवास बस्नु राम्रो मानिन्छ।


🍁 शरीरमा तोरी वा तीलको तेलले मालिस गर्नाले वात बढ्न पाउदैन।


🍁 यस ऋतुमा पाचन कमजोर भएको छ भने भोजनको शुरूवातमा थोरै सिधेनूनसँग अदुवाको सानो टुक्रा चपाएर भोजन गरेमा राम्रोसँग पाचन हुन्छ।


यस ऋतुमा अपनाउनु पर्ने सावधानी :


🍁 पिरो, तितो, टर्रो पदार्थ नखाने।

🍁 चिसो पानी सकेसम्म नपिउने।


🍁 हावा वा एसीको चिसोबाट बच्ने।


🍁 यस ऋतुमा चना, मटर, राजमा, कालो दाल, मुसुरी आदि दाल प्रयोग नगर्ने।


🍁 करेला, सिंघडा नखाने।


🍁 दिनमा नसुत्ने, धेरै व्यायाम नगर्ने।


🍁 यस ऋतुमा हरियो साग सकेसम्म नखाने खानै मन लाग्यो भने सागलाई पहिले तातोपानीमा उमालेर निचोरेर पानी फ्याक्ने र त्यसलाई ज्वानो, जिरा, अदुवा, हिङ आदि घ्यूमा झानेर मात्र खाने जसले गर्दा पाचन पनि राम्रो हुन्छ र शरीरमा वाथ बढ्न पनि पाउदैन।

शरद ऋतु : असाेज - कार्तिक

शरद ऋतु : आश्विन - कार्तिक


अरू ऋतु भन्दा यो ऋतु विषेश उपद्रवको ऋतु मानिन्छ। आयुर्वेद अनुसार "शरद ऋतु रोगको जननी" हो भनिएको छ। यस ऋतुमा मुख्यतः ज्वरो आउने सम्भावना बढी हुन्छ। त्यसैले यस ऋतुमा विशेष सावधानी अपनाउनु आवश्यक छ :


आयुर्वेद अनुसार यस ऋतुमा पित्त कुपित हुने भएकोले कतिपय व्यक्तिहरूलाई ज्वरो आउने, मुखमा घाउ आउने, जलन हुने, आँखा पोल्ने, छाला रातो हुने, ब्लिडिङ हुने, पिसाब पोल्ने सम्भावना हुन्छ, त्यसैले यस ऋतुको स्वभावलाई बुझेर केही नियमहरू पालन गरेमा शरीरलाई स्वस्थ राख्नमा सहयोग मिल्छ।


यस ऋतुमा पालन गर्नुपर्ने नियमहरू :


🍁 यस ऋतुमा शरीरमा पित्त बढ्ने भएकोले पित्त शान्त गर्न खानपानमा गुलियो, तीतो, टर्रो पदार्थको सेवन गर्ने।


🍁 दूध, मिश्री, घ्यू (घ्यू कम मात्रामा) आदिसँग भात खानाले पनि पित्त शान्त हुन्छ।


🍁 यस ऋतुमा भोजन बनाउदा तेलको प्रयोग नगरेर घ्यूको प्रयोग गरेमा पित्त बढ्ने सम्भावना हुँदैन।


🍁 यस ऋतुको शुरुआतमा हल्का जुलाफ लिएर पेट सफा गर्नु धेरै राम्रो मानिन्छ।


🍁 सेतो नूनले पनि पित्त बढाउने भएकोले नून कम खाने वा त्यसको सट्टामा यस ऋतुमा सिधे नून (Rock Salt) प्रयोग गरेमा त्यसले पित्त बढ्न दिदैन।


🍁 सब्जीमा करेला, लौका, भिण्डी, परबल, घिरौला, फर्सी, कुभिण्डो, तरूल, मेथी, पालक, बेथु, पुनर्नवा, काँचो केरा, केराको बुँगा आदि प्रयोग गर्ने।


🍁 मसलामा धनिया, जीरा, सुकमेल, ल्वाङ प्रयोग गर्ने।


🍁 यस ऋतुमा खानामा गहूँ, जाै, चामल र दालमा मुग, मुसुरो, अरहरको दाल प्रयोग गर्ने।


🍁 फलमा स्याउ, केरा, सीताफल, अङ्गुर, मुनक्का, अन्जीर खाने।


🍁 यस मौसममा दूध, मक्खन, घ्यू खानु स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ।


🍁 अचारमा अमलाको अचार खानु राम्रो हुन्छ।


🍁 हरियो सागमा मेथी, पालक, बेथु धेरै राम्रो हुन्छ।


🍁 दिनमा चर्को घाम लागेको समयमा बाहिर निस्कन परेमा शिरमा कपडाले ढाक्ने जसले गर्दा शरीमा पित्त बढ्न पाउदैन।


यस ऋतुमा अपनाउनु पर्ने सावधानी :


🍁 यस ऋतुमा दही खादै नखाने।


🍁 पिरो, अदुवा, अमिलो पदार्थ नखाने।


🍁 दिनमा सुत्दा पित्त र कफ बढ्ने भएकोले दिनमा नसुत्ने।


🍁 खाना खाँदा एकदमै पेट भरिने गरेर नखाने।


🍁 हिङ, तेजपत्ता, दालचीनी नखाने खानै परेमा एकदमै कम मात्रामा खाने।


🍁 यस ऋतुमा हरियो साग खान सकिन्छ। तर सागलाई पहिले तातोपानीमा उमालेर पानी फ्याक्ने र त्यसलाई ज्वानो, जिरा आदि घ्यूमा फुराएर झानेर खानु राम्रो हुन्छ।

हेमन्त र शिशिर ऋतु : मंसिर - पुस, माघ - फागुन

हेमन्त र शिशिर ऋृतु : मंसिर - पाैष, माघ - फागुन


आयुर्वेद अनुसार यी दुई ऋतुहरूमा शरीरमा बल वृद्धि हुन्छ। यस ऋतुमा ठण्डा हुने भएकोले पाचन शक्ति अर्थात् जठराग्नी प्रदिप्त हुन्छ त्यसैले भोजन राम्रोसँग पच्दछ। पाचन शक्ति प्रवल हुने भएकोले यस ऋतुमा पौष्टिक भोजन गर्नु पर्ने हुन्छ।


यी दुवै ऋतुहरूमा पालन गर्नुपर्ने नियमहरू :


🍁 यस ऋतुमा गुलियो, अमिलो र नुनिलो पदार्थ सेवन गर्ने।


🍁 गुलियो पदार्थले कफ बढ्दछ र कफको प्रवलताले जठराग्नीको पोषण हुन्छ।


🍁 भोजन गर्दा पहिले गुलियो त्यसपछि अमिलो अनि नुनिलो यसरी क्रम मिलाएर गर्नु स्वास्थको लागि राम्रो हुन्छ।


🍁 शरद ऋतुमा भएको पित्त प्रकोपको प्रभाव बाकी रहने भएकोले त्यसलाई शान्त गर्न हेमन्त ऋतुको शुरूको करिब २० दिन गुलियो पदार्थको सेेेवन गर्ने जसले गर्दा पित्त शान्त हुन्छ र ज्वरोको प्रकोप हुन पाउदैन।


🍁 यस ऋतुमा पौष्टिक भोजन, तेल मालिस, व्यायाम, पौष्टिक औषधि, बलकारक पाक, दूध यी सबै विशेष लाभदायक हुन्छ। 🍁 यी दुबै ऋतुमा दही सेवन गर्नु  स्वास्थ्यको लागि राम्रो हुन्छ।


यस ऋतुमा अपनाउनु पर्ने सावधानी :


🍁 यस ऋतुमा अधिक चिसो पानीले स्नान नगर्ने।


🍁 खुल्ला ठाउँमा नसुत्ने।


🍁 दिनमा नसुत्ने।


🍁 जुलाफ नलिने अर्थात् औषधिको प्रयोग गरेर पेट सफाइ नगर्ने। 

विरूद्ध आहार

विरुद्ध आहार :


जुन खाद्यपदार्थ सँगै खाँदा शरीरलाई हानि गर्दछ, त्यसलाई 'विरुद्ध आहार' भनिन्छ। आयुर्वेद विज्ञान अनुसार यस्ता विरुद्ध आहारको नियमित सेवन शरीरलाई विष समान हुन्छ। आयुर्वेद अनुसार विरुद्ध आहारले केही समय पश्चात् शरीरमा राेग निम्त्याउँछ। नियमित रूपमा विरूद्ध आहार प्रयोग गरिरहेकाे खण्डमा तत्काल कुनै असर नदेखिए पनि कालान्तरमा शरीर अवश्य राेगी बन्न पुग्छ। यदि खानु पर्ने अवस्थामा दुइ पदार्थकाे बीचमा एक घण्टाकाे फरक गरेर खान सकिन्छ।


🍁 मह र घ्यू समान मात्रामा अर्थात् बराबरी खाएमा विष समान हुन्छ।


🍁 ताताे पानी, चिया र दूधमा मह राखेर खाएमा राेग लाग्न सक्छ।


🍁 मूला र कटहर महसँग खानु हानिकारक हुन्छ।


🍁 मकैसँग मह खाए हानि हुन सक्छ।


🍁 कुनै पनि शरीरमा गर्मी बढाउने वस्तुसँग मह नखानु।


🍁 दूध र दही एकै साथ नखाने।


🍁 दूध र नून सँगसगै नखाने।


🍁 मूला सँगसगै दूध नखाने।


🍁 दही र नूनसँगै नखाने।


🍁 कालाे दाल, गहत र दही एकै साथ नखाने।


🍁 अमिलाे फलसँग दूध नखाने। तर पाकेकाे गुलियाे आँपसँग भने दूध खान सकिन्छ।


🍁 कटहरकाे सब्जीसँग दूध नखाने।


🍁 रातमा दही नखाने।


🍁 घ्यू या तेल खाए पछि यदि तिर्खा लाग्याे भने मनताताे पानी पिउने। चिसाे पानी पिउनु हानीकारक हुन्छ।


🍁 ताताे खाएर तुरन्त चिसाे खानु पिउनु हुँदैन।


🍁 गर्मि माैसममा गरम मसलायुक्त भाेजन र ठण्डा माैसममा चिसाे चिज नखाने।


🍁 खान मन नलागेकाे अवस्थामा भाेजन नगर्नु राम्राे हुन्छ।


🍁 दहीलाई गरम गरेर नखाने।


🍁 मेहनतकाे काम गरे पछि केही समय आराम गरेर मात्र भाेजन गर्ने।


🍁 सातु खानुभन्दा पहिला र पछि पानी पिउनु पनि विरुद्ध हुन्छ।


🍁 रातमा सातु खानु समयविरुद्ध हुन्छ।


🍁 घामबाट आएर तुरन्त चिसाे पानी नपिउने र चिसाे पानीले ननुहाउने।


🍁 खिचडी र दूधलाई सँगसँगै नखाने।


🍁 खानाकाे अन्तमा गुलियाे पदार्थ खाँदा शरीरमा कफ बढ्ने भएकाेले गुलियाे पदार्थ खानु पर्दा खानाकाे शुरूमा खाने।


रोगी व्यक्ति तथा रोगीको सेवा गर्ने व्यक्तिले जान्नु पर्ने नितान्त आवश्यक कुराहरू :

1. ज्वराे आएको व्यक्तिले हावामा बस्नु, दिउँसो सुत्नु, बढी परिश्रम पर्ने काम गर्नु, स्नान, क्रोध अत्यन्त हानिकारक हुन्छ।


2. भरखर नयाँ आएको ज्वराेमा पानी बाहेक केही पनि नखानाले ज्वराेक‌ो प्रकोप शान्त हुन्छ।


3. ज्वराे आएको व्यक्तिलाई माटोको घडा अथवा बरफको शीतल जल कदापी दिनु हुँदैन। पानी उमालेर चिसो भएपछि त्यही जल अलि अलि रोगीले मागेअनुसार दिनु पर्दछ।


4. पुरानो ज्वराेमा रोगीलाई दूध घिउ सेवन गराउनै पर्दछ, अनि उपवास गराउनु हुँदैन।


5. तीन तीन दिनमा ज्वराे आउने रोगीलाई ज्वराे वर्लेपछि झण्डै चार महीनासम्म शक्कर वा गुडले बनेका पदार्थ नदिनु। अन्यथा ज्वरो फर्केर आउन सक्दछ।


6. दादुराको ज्वराेमा रोगीलाई चीसो पानी दिनुपर्दछ।


7. ज्वरो आइरहेको अवस्थामा अन्न, दाल आदीको सेवन र मही पीउनु अत्यन्त घातक हुन सक्दछ।


8. ज्वरोको रोगीले ज्वरोबाट मुक्ति पाए पछि पनि शरीरमा शक्तिको संचार नभएसम्म व्यायाम, कुनै पच्न गाह्रो हुने पदार्थको सेवन, घाम वा बढी वायुमा पदयात्रा र चीसो पानीले स्नान गर्नु बर्जित छ।


9. निमोनिया रोगले पीडित रोगीलाई चीसो हावा लाग्नबाट राम्ररी जोगाएर राख्नुपर्दछ। अनि सकेसम्म बढी समय बिछौनामै आराम गरेर बिताए उत्तम हुनेछ।


10. डायरीयाको रोगीलाई काँचो चीज, दूध र मही खान दिनु बढी हानिकारक हुन्छ। उपवास लाभदायक मानिन्छ। डायरीया शान्त भइसकेपछि पनि केही दिनसम्म पच्न गाह्रो हुने चिज खान नदिनु।


11. लिभर दुर्वल भएर उत्पन्न मन्दाग्निकाे रोगीले बर्ता घिउको सेवन नगरे उत्तम हुन्छ।


12. करङ दुखेको, बवासीर, जण्डिस, रूघा, खोकी, वातरोग, गलगण्ड, नवीन ज्वरो, मन्दाग्नि, क्षय, अरूचि, अपच, संग्रहणी, नेत्ररोग, कफ प्रधान रोग, श्र्वास, दमा, बाडुली, मलावरोध आदि रोगहरुमा रोगीलाई सदैव उमालेर चीसो पारेको जल नै पिउन दिनुपर्दछ। बेलुका उमालेको पानी बिहानसम्म र बिहान उमालेको पानी साँझसम्म प्रयोग गर्नु उत्तम हुन्छ।


13. मन्दाग्नि, रूघा खोकी, अरुचि, सुन्नीने, क्षय, पेटको रोग, कुष्ठ, नेत्र रोग, नवीन ज्वरो, घाउ खटिरा र मधुमेहको रोगीलाई थोरै थोरै पानी पिउन दिनु। बढी पानी एकै पटक पिउन दिनु हानिकारक हुन्छ।


15. नवीन ज्वरोको वेगमा, मन्दाग्नि, आउँ परेको, कफ बृद्धि र कृमि बृद्धि आदि रोगहरूमा दूध खान दियो भने जहरको काम गर्नेछ।


16. मूर्छा, पिशाबमा दाह, रक्तपित्त, अम्ल पित्तका रोगिहरू तथा दुर्बल व्यक्तिलाई मही पिउन दिनहुँदैन। तेज गर्मीमा पनि मही पिउनु निषिद्ध छ। प्रातःकालमा महीको सेवन गर्नु गुणकारी छ।


17. रक्तपित्त, अम्लपित्त, कफवृद्धि, क्षय, सूजन, हाड भाँचिएमा, पिनास भएमा, नेत्रदाह, पत्थरी, मूत्रकृच्छ, मूत्रघात आदि रोगमा अनि कुष्ठ, वात, रक्त तथा मूत्र रोग सम्बन्धी सन्धिवात आदि रोगमा दही सेवन नगर्नु। रात्रिको समयमा दहीको सेवन झन् वर्ता कष्टदायक हुन्छ।


18. दूधे बालक, ज्वरो समेत टिवीको रोगी, वृद्ध रोगी, मलावरोध, आउँ, जीर्णज्वरो, मन्दाग्नी, अजीर्ण (खाएको अन्न राम्रोसँग नपच्नु), बहुमूत्र (बारम्बार पिशाव आउनु) आदिका रोगीलाई घिउ थोरै मात्रामा दिनु हुन्छ, बढी नदिनु। सन्निपात (वात, पित्त, कफ बिग्रेर आएको ज्वरो जसमा रोगी बडबडाउँछ) र भर्खर आएको नयाँ ज्वरोमा घिउको सेवन कदापि गर्न हुँदैन।


19. जण्डिस, मूत्रकृच्छ (पिशाव फेर्दा कष्ट हुने, जलन हुने, थोपा थोपा हुने), कुष्ठ, रक्तपित्त (नाक वा अन्य कुनै अंगबाट रगत बग्नु) , घाउ, सुक्खा खोकी, दाह, अनिद्रा आदि रोगहरूमा र गृष्म (जेठ, असार) एवं शरद (असोज, कार्तिक) ऋतुमा अदुवाको सेवन हानिकारक हुन्छ। पित्त प्रधान प्रकृती भएको व्यक्तिहरूलाई पनि बढि अदुवाले हानि गर्दछ।


20. कफ प्रकोप, रक्त विकार तथा यस्तै अन्य रोगहरूमा यदि पसीना काढ्ने कुनै औषधि प्रयोग गर्नु छ भने सुत्नुभन्दा दुइ घण्टा पहिले दिनु र पसीना आउन थालेपछी बढी हावाबाट जोगाउनु पर्दछ।


21. कानको पिडामा अथवा कानको अन्य कुनै रोगमा कानमा कुनै पातको रस लगाउनु छ भने सदैव बिहान लगाउनु। यदि तेल आदि लगाउनु छ भने सूर्यास्त भएपछि मात्र लगाउनु।


22. आगो अथवा केही तातो पदार्थले पोल्यो भने त्यस स्थानमा चीसो पानी कदापि हाल्नु वा घउमा पर्न नदिनु, बरू तुरुन्त हल्का सेकाउनु लाभदायक हुन्छ। छाला उप्केको भए त्यसलाई लुछ्ने प्रयास नगर्नु।


23. कपाल दुखेमा कपालमा तेल आदिको मालिश गर्न हुँदैन, किनकि तेलले रोम छिद्र थुनिन्छ र पसीनाद्वारा विष बाहिर निस्कन पाउन्न। त्यस स्थितिमा मस्तिष्कमा दाह र व्याकुलता बढ्न सक्दछ।


24. कलेजोको रोगीलाई पनि घिउ, तेल वा त्यसमा पकाएका वस्तु सेवन गर्न नदिनु।


25. ब्लड प्रेशर बढेपछि, चर्म रोग, दाद, एग्जिमा, डाबर निस्कने, कुष्ठ आदि रोगमा, रक्त विकार, मूत्रकृच्छ, मूत्रावरोध र सूजन आदिमा रोगीले नून खान छाडिदिनु पर्दछ। मानसिक चिन्ताले पनि आफूलाई मुक्त राख्न सके रोगले चिच्न सक्दैन।


26. यदि कान पाकेर वा पीप बग्नाले कानमा सूजन र दर्द छ भने चीसो हावा र चीसो पानीबाट रक्षा गर्दै कानलाई सकेसम्म तातो राख्नु पर्दछ। लुगाले छोपेर हल्का सेकाउनु लाभदायक हुन्छ।


27. यदि मस्तिष्कमा रक्त वृद्धि भएर नाकबाट रगत बग्न थाल्यो भने त्यसलाई तुरुन्त रोक्ने चेष्टा कहिल्यै नगर्नु। नभए पक्ष्यघात (प्यारालाइसिस), आँखा, कान आदिबाट बढि रक्तस्राव वा मस्तिष्कको कुनै शिरा फुटेर त्यस रोगीको तत्काल मृत्यु हुन सक्दछ।


 28. बौलाहा कुकुरले टोक्यो भने एक वर्षसम्म वात वर्धक वस्तुको सेवन कदापि नगर्नु।


29. सर्पले टोकेको विष निस्किसके पछि पनि एक महीना जति रोगीलाई शक्तिअनुसार भोजनभन्दा तीन घण्टा पहिले अलि अलि घिउ खान दिंदै रहनाले आँखाको ज्योतीमा हानि पुग्न सक्दैन।


30. मूसाले टोकेको रोगीलाई चीसो हावा, ठण्डा पानी, ठण्डा गर्ने पदार्थहरू खान दिनू र दिउँसो सुत्न दिनु हानिकारक हुन्छ।


31. यदी छिन छिनमा अलि अलि पिशाब बारम्बार आउँछ अथवा पिशाब पोल्दछ भने त्यस्ता रोगीलाई अमीलो, खुर्सानी, घिउ तेल, नयाँ चामलको भात, मिठाई आदि बर्ता खान दिनु हुँदैन। भोजनसित बढी पानी पिउनु पनि हानिकारक छ।


32. दाँतको कष्ट, नेत्रको रोग, कपाल दुख्ने र रूघा खोकीमा आवश्यकता अनुसार पेट सफा पार्ने औषधि सेवन गर्दै रहनुपर्दछ।


33. अम्लपित्त (पेटमा जलन र अमिलो डकार आउने) रोगमा भोजनसित नै अथवा भोजनको लगत्तै पछि बढी पानी पिउनु , शाक वा अमिलो पदार्थ बर्ता खानु, बर्ता तातो भोजन र चिया आदि हानिकारक हुन्छन्।


34. कृमि रोगमा (जुका परेमा) मिठाई, चीनी, गुड र दूधको बढी सेवन हानिकारक हुन्छ।


35. वात रोगको सूजनमा रातको समयमा लेप लगाउनु हुँदैन र दिनमा लेप सुकेपछि बारम्बार लगाइरहनु पर्दछ।


36. घाउ खटिरा आदिलाई पकाउनको निम्ति बाँधेको पुल्टिस दुइ तीन घण्टाको फरकमा बारम्बार साटिरहनु पर्दछ, त्यसले घाउ खटिरालाई छिट्टै पकाइदिन्छ। धेरै समयसम्म पुल्टिस एउटै स्थानमा रहिरहनु लाभदायक मानिन्न।


 37. कुनै औषधिको सेवन गर्नासाथ रोगीलाई बेसरी पसीना आउन थाल्यो भने रोगीलाई तत्काल लुगाले ढाक‌ेर हावा नलाग्ने स्थानमा राख्नु पर्दछ।


स्रोत : आयुर्वेद सार संग्रह


क्रमश : ..........

आयुर्वेद अनुसार वात, पित्त, कफ :

शरीरलाई स्वस्थ राख्ने चाहाना सब‍ैलाई हुन्छ। शरीरकाे प्रकृति अनुसार आहार विहारकाे सन्तुलन मिलाउन सकेमा शरीर स्वस्थ राख्न सकिन्छ। अस्वस्थ हुनुकाे पछाडि कुनै न कुनै कारण अवश्य हुन्छ। कारण थाहा भए पछि नै त्यसको निवारण गर्न सजिलाे हुन्छ। आयुर्वेदले राेगकाे कारण र निवारणकाे विषयमा बृहद जानकारी प्रदान गरेकाे छ।


आयुर्वेद अनुसार आहार, विहार र विचारको प्रभाव शरीरमा पर्दछ। ऋतु अनुकूल भोजन, सर्दी गर्मी अनुसार शरीरको रेखदेख गर्दै गएमा शरीरलाई स्वस्थ्य राख्न सकिन्छ। आयुर्वेदले शरीरमा वात, पित्त, कफ यी तीनै वटा दाेषहरूको सन्तुलन राख्ने कुरामा विशेष जोड दिएको छ। वात, पित्त, कफ असन्तुलन भइरहने भएकाेले यसलाई दाेष भनिएकाे छ अर्थात् जतिखेर यी वात, पित्त, कफ असन्तुलित भएर राेग पैदा गर्छ, त्यस अवस्थामा दाेष भनिन्छ। पृथ्वी, जल, वायु, अग्नि र आकाश तत्व मिलेर बनेकाे शरीरमा यदि वायु र आकाश तत्व प्रवल भएमा वात दाेष वृद्धि हुने, अग्नि र जल तत्व प्रवल भएमा पित्त दाेष वृद्धि हुने र पृथ्वी र जल तत्व प्रवल भएमा कफ वृद्धि हुने गर्दछ। शरीरमा सदैव विध्यमान यी वात, पित्त, कफ उचित आहार विहारकाे परिणाम स्वरूप शरीरमा आवश्यक अंशमा समान अवस्थामा रहेर शरीरकाे परिचालन, संरक्षण तथा सम्वर्धन गर्दै शारीरिक क्रियाहरू स्वाभाविक र नियमित रूपले सञ्चालन गर्दछ जसले गर्दा शरीर स्वस्थ तथा दीर्घायू रहन्छ, त्यसलाई नै आराेग्यताकाे स्थिति मानिन्छ।


त्रिदाेष सिद्धान्त अनुसार शरीरमा वात, पित्त, कफ सन्तुलित या सम अवस्थामा रहेपछि शरीर स्वस्थ रहन्छ। राेगबाट बच्न तथा स्वस्थ रहनका लागि आयुर्वेद सम्मत खानपान अर्थात् आहार विहार अपनाएमा त्रिदाेषकाे विषम अवस्था अर्थात् वात प्रकाेप, पित्त प्रकाेप र कफ प्रकाेपबाट बच्न सकिन्छ। यदि गलत खानपानकाे कारणले कुनै एक या अधिक दाेष प्रकुपित भएकाे छ भने सर्व प्रथम राेगीकाे कुनचाहीँ दाेष प्रकुपित भएकाे छ त्याे पत्ता लगाउनु पर्ने हुन्छ। राेगीकाे प्रकृति वात (वायु), पित्त (गर्मी) या कफ (ठण्डी) कुन प्रकृति हाे त्याे पत्ता लागि सकेपछि राेगीकाे आयु, मानसिक अवस्था, शारीरिक बल, राेगकाे अवस्था, देश, ऋृतु काल आदि कुराहरूमा विचार पुर्याउनु पर्ने हुन्छ। त्यसपछि जुन दाेषको वृद्धि भएको छ त्यसलाई शान्त गर्ने आहार विहारलाई अपनाउनु पर्ने हुन्छ।


दाेषकाे सन्तुलन या प्रकाेप हुनुमा रसहरूकाे महत्वपूर्ण भूमिका रहन्छ। आयुर्वेद अनुसार छ वटा रसहरू मानिन्छः


1. गुलियो 2. अमिलाे 3. नूनिलाे 4. पिराे 5. तीताे 6. टर्राे


भाेजनमा यी ६ वटै रसहरूकाे सन्तुलन हुन आवश्यक छ। आफ्नाे शरीरकाे प्रकृती अनुसार यी ६ रसहरूकाे उचित प्रयाेग भएमा वात, पित्त, कफलाई सन्तुलन राख्न सहयाेग पुग्छ। आयुर्वेद अनुसार यी रसहरू मध्ये तीन तीन रसले वात, पित्त, कफलाई बढाउने र ‌घटाउने कार्य गर्दछ।


वात वर्धक : तीताे, पीराे, टर्राे


वात सामक : गुलीयाे, अमिलाे, नूनीलाे


पीत्त वर्धक : अमिलाे, पीराे, नूनिलाे


पीत्त सामक : गुलियाे, तीताे, टर्राे


कफ वर्धक : गुलीयाे, अमिलाे, नूनीलाे


कफ सामक : तिताे, पीराे, टर्राे


तीताे, पीराे, टर्राे पदार्थले वातलाई बढाउँछ त्यसैले वात प्रकृतीकाे व्यक्तिले यी पदार्थहरू कम खानु पर्ने हुन्छ। वात बढेकाे अवस्थामा केही समयकाे लागि खान बन्द नै गर्नु पर्ने पनि हुन्छ। त्यसैगरी गुलियाे, अमिलाे र नूनिलाे पदार्थले वातलाई समन गर्ने भएकाेले ती पदार्थहरू बढि प्रयाेग गर्नु पर्ने हुन्छ।

पीत्त प्रकृतिकाे व्यक्तिले अमिलाे, पिराे, नूनिलो कम खाने र गुलियाे, तीताे र टर्राे पदार्थहरू बढि खाने गर्नु पर्छ।

गुलियाे, अमिलाे र नूनिलाे पदार्थले कफलाई बढाउने भएकाेले कफ प्रकृतिकाे व्यक्तिले कम प्रयाेग गर्ने, कफलाई कम गर्नकाे लागि तीताे, पीराे, टर्राे पदार्थकाे प्रयाेग बढाउनु पर्ने हुन्छ।


वात, पित्त, कफ दाेष संचय, प्रकाेप र शमन हुने ऋतु


दाेष     संचय        प्रकाेप        शमन


वात      ग्रीष्म         वर्षा            शरद


पित्त      वर्षा          शरद          हेमन्त


कफ     शिशिर      बसन्त        ग्रीष्म


ऋतु अनुसार आहार विहारकाे सन्तुल राखेमा स्वस्थ रहनमा सफलता प्राप्त हुन्छ। वर्षा ऋतुमा वात, शरद ऋतुमा पित्त र बसन्त ऋतुमा कफ प्रकाेप बढ्ने भएकाेले त्यसै अनुसार त्यसलाई शमन गर्ने खानपान हुन आवश्यक छ। यसैगरी बाल्यअवस्थामा कफ, युवा अवस्थामा पित्त र वृद्ध अवस्थामा वात प्रकाेप हुन्छ भन्ने कुरा आयुर्वेदले उल्लेख गरेकाे छ। आयुर्वेद अनुसार २ देखी ६ बजे सम्म वात, ६ देखी १० बजे सम्म कफ र १० देखी २ बजे सम्म पित्तकाे प्रभाव रहन्छ। यसैगरी भाेजन गरेकाे तुरन्तै कफ, भाेजनकाे पाचन भैरहेकाे समयमा पित्त र पाचन पश्चात् वात प्रकाेप आरम्भ हुन्छ।


शरीर रचनाकाे क्रममा पाएकाे वातावरण अनुसार नै यी दाेषहरूकाे प्रवलता कायम भएकाे मानिन्छ। कसैकाे शरीरमा वात, कसैकाेमा पित्त र कसैकाे शरीरमा कफकाे प्रवलता हुन्छ भने कसैकाे शरीरमा कुनै दुइ दाेषकाे पनि प्रवलता हुन सक्छ। यी सबै दाेषहरू मध्ये वातलाई दाेषहरूकाे राजा मानिन्छ। आयुर्वेद अनुसार वात दाेषकाे प्रवलतालाई कम नगरे सम्म अरू दाेषलाई नियन्त्रण गर्न गाह्राे हुन्छ। खानपान, रहन सहन र साेंच विचारकाे सन्तुलनबाट यी दाेषहरूकाे सन्तुलन कायम गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ।


आयुर्वेद अनुसार वात, पित्त, कफ प्रकृतिको शारीरिक लक्षण, मानसिक लक्षण, प्रकोप हुनुको कारण तथा निवारणकाे विषयमा क्रमश: तल वर्णन गरिएको छ:

वात प्रकृति :

वात प्रकाेपको लक्षण, कारण तथा समाधान :

वात प्रकृतिको शारीरिक लक्षण :


🍁 शारीरिक बनावट पातलाे हुने।


🍁 छिटो छिटो बाेल्ने, चल्ने स्वभाव अर्थात् चंचल स्वभाव।


🍁 चिसाे सहन गर्न नसक्ने।


🍁 शरीरमा रौं कम हुने।


🍁 रातमा सुतेकाे समयमा आँखा हल्का खुल्ला रहने, कहिले काहि बर्बराउने।


🍁 गर्मि वातावरण मन पराउने।


🍁 शारीरिक बल कम हुने।


🍁 केश तथा नंग सुख्खा र कडा हुने।


🍁 हात खुट्टाको नसा बाहिर देखिने।


🍁 मुखमा टर्राे वा तीतोपन आउने।


वात प्रकृतिकाे मानसिक लक्षण :


🍁 सदैव जागरूक स्वभाव।


🍁 निन्द्रा कम हुने।


🍁 कुनै पनि कुरा चाँडै बुझ्ने तर चाँडै बिर्सिने।


🍁 कुनै न कुनै नयाँपन चाहने हुन्छ, चाहाना परिवर्तन भई रहने।


🍁 साथी चाँडै बनाउने तर मित्रता सदैव कायम नरहने।


🍁 बारम्बार कुनै न कुनै कुरामा सोंच चलिरहने।


🍁 घुम्न, नयाँ ठाउँ, अलग अलग स्थानमा जान मन गरि रहने।


🍁 मनलाई नियन्त्रण गर्ने शक्ति कम हुने।


🍁 सानो कुरालाई ठूलो बनाउने स्वभाव।


🍁 कमेण्ट चाडै गर्ने।


🍁 चाँडै खुशी हुने अनि चाडै दु:खी हुने।


🍁 अरूको कुरा गर्न मन पराउने।


🍁 अरूलाई प्राप्त भएको चिज मलाई पनि प्राप्त हुनु पर्छ भन्ने भावना हुने।


🍁 कुनै पनि कुरा तुरन्तै मन पराउँने अनि तुरन्तै छोडिदिने।


🍁 धेरै कुरा गर्न चाहने तर मन र शरीरले पुरा साथ नपाउने अर्थात् निरन्तरता दिन नसक्ने।


🍁 शारीमा रोग चाडै लाग्ने।


🍁 डराउने स्वभाव।


वात प्रकाेप भएको लक्षण :


🍁 शारीरिक दुर्वलता बढ्दै जानु, शरीरका अंगहरू शिथिल तथा ठण्डा हुनु।


🍁 शरीरका अंगहरू कठाेर हुनु अथवा जकडिदै जानु।


🍁 हात, खुट्टा या ओठ फुट्नु।


🍁 हात, खुट्टा काम्नु जाेर्निहरूमा दुखाइ या आवाज आउनु।


🍁 शरीरकाे कुनै पनि अंगहरूमा वायु भरिएर दुखाइ हुनु।


🍁 मुख सुक्नु, मुखको स्वाद टर्राे हुनु।


🍁 पेटमा ग्याँस भरिनु, डकार वा हिक्का आउनु।


🍁 कब्जीयत हुनु।


🍁 भाेक प्यास कहिले कम हुनु, कहिले बढी हुनु।


🍁 निद्रा कम आउनु, थकावट हुनु।


🍁 प्यारालाइसिस हुनु, सन्धिवात, वायुगाेला, कम सुन्नु या बहिराेपन हुनु, स्मरण शक्ति कम हुनु।


वात प्रकाेप हुनुकाे कारण :


🍁 तीताे, पीराे तथा टर्राे पदार्थहरूकाे अधिक सेवन।


🍁 सुख्खा तथा अल्प भाेजन गर्नु, उपवास वा भाेकाे रहनु।


🍁 चिसाे तथा बासी खाद्य पदार्थकाे सेवन।


🍁 बासमती चामल, जाै, भुटेकाे चना, माेठ, मुसुरी, रहर काे दाल, चीनी, काउली, मटर सेवन गर्नु।


🍁 उत्तेजक पदार्थ जस्तै : मादक पदार्थ, चिया कफि बढि पिउनु, धुम्रपान, ड्रग्स आदि सेवन गर्नु।


🍁 मूला, पालुंगाे र सुख्खा पदार्थहरूकाे सेवन।


🍁 चिसाे पानीले नुहाउनु, पानीले भिज्नु, चिसाे पानी पिउनु।


🍁 शारिरीक र मानसिक रूपमा धेरै श्रम गर्नु, अधिक व्यायाम गर्नु, राती धेरै समय जागृत रहनु, धेरै उत्तेजक संगित लगातार सुन्नु, अधिक भ्रमण गर्नु।


🍁 कुनै कारणवस ठूलाे चाेट लाग्नु, अंगभंग हुनु या ठक्कर लाग्नु।


🍁 लगातार चिन्ता, भय, तनावग्रस्त रहनु, क्राेध तथा मानसीक चंचलता एवम् उत्तेजनामा आइरहनु आदि।


वात समन गर्ने आहार :


🍁अंगूर, सुन्तला, किम्बू, मेवा, पाकेकाे आँप, गुलियाे अनार, केरा, बयर, नरिवल, खजुर, अन्जिर, भूई कटहर।


🍁 परवल, बेथु, लाैका, गाजर, शितल चिनी, कुरीलाे, चुकन्दर, सकरकन्द, शलगम।


🍁 ओखर, बदाम, खजूर।


🍁 गहूँकाे राेटी, पुरानाे चामल, तील, गाइकाे घ्यू, दूध, मही, मिश्री।


🍁 साेप, अदूवा, पुदिना, दालचिनी, सुकमेल, जाइफल, तुलसी, मरिच, हरियो धनियाँ, मेथी दाना, पिप्ला, ज्वानाे, ल्वाङ, नरिवलकाे पानी, सिधे नून, हिंग, बेल, गुर्जाे, हर्राे, अमिलाे फल (सुन्तला, माैसमी, कागती आदी) अश्वगंधा, भृंगराज।


वात राेगमा परहेज :


🍁 सुख्खा भोजन, काचो केरा, हल्का तथा ठण्डा भाेजन, कच्चा सब्जीहरू, चिसाे हावा तथा चिसाे वातावरण, कफी, चिसाे पानी तथा आईसक्रिम, दाल आदि।


वात समन गर्ने उपाय :


🍁 तिल वा ताेरीकाे तेल गरम गरेर शरीरमा मालिस गर्ने।


🍁 भोजनमा गुलियो, अमिलो, नुनिलो पदार्थ सेवन गर्ने।


🍁 नुहाउँदा शरीरमा ताताे पानीकाे प्रयाेग गर्ने (नुहाउँदा टाउकाेमा ताताे पानीकाे प्रयाेग नगर्ने)।


🍁 यदि वातकाे मात्र प्रकाेप छ भने स्नेहपान अर्थात् घ्यू वा तेल सेवन गर्ने।


🍁 ध्यान, प्राणायमद्वारा मनलाई शान्त राख्ने।


🍁 चिसाे हावा तथा वातावरणबाट शरीरलाई सुरक्षीत राख्ने।


🍁 वात समन गर्ने आहार सेवन गर्ने।


पित्त प्रकृति :

पित्त प्रकोपको लक्षण, कारण र समाधान :

पित्त प्रकृतिकाे शारीरिक लक्षण :


🍁 पाचन शक्तिशाली।


🍁 उचाइ तथा शारीरिक बल मध्यम।


🍁 गर्मि सहन गर्न नसक्ने।


🍁 भोजन अधिक ग्रहण गर्ने।


🍁 तिर्खा धेरै लाग्ने।


🍁 पसिना धेरै आउने र पसिनाबाट गन्ध आउने।


🍁 शरिरको तापक्रम बढी हुने।


🍁 लिडरशिप गर्ने क्षमता बढि हुने।


🍁 कपाल चाँडै झर्ने र सेतो हुने।


🍁 श्याम या पहेलो वर्ण हुने।


🍁 प्राय: शरीरमा कोठी धेरै हुने।


🍁 मुखमा अमिलाे वा तीतोपन आउने।


पित्त प्रकृतिको मानसिक लक्षण :


🍁 हरेक कुरा पर्फेक्ट हुनु पर्छ भन्ने भावना।


🍁 पराक्रमी, सुरवीर।


🍁 दुश्मनी भए पनी सहयोग माग्दा कुनै पनी हालतमा सहयोग गर्न तयार रहने।


🍁 गरम स्वभाव।


🍁 समस्यासँग नडराउने।


🍁 मेधावी, कुनै पनी कुरालाई चाँडै बुझ्ने र गहिराइमा जाने।


🍁 प्रतिशपर्धामा अगाडी रहने।


🍁 जुन विषयको अध्ययन गरेको छ त्यसको पुरा गहिराइमा जाने।


🍁 तुरन्तै गरम हुने तुरन्तै शान्त हुने।


🍁 टिपटप, व्यवस्थित रहने।


🍁 धन, सम्पत्ती, ज्ञान, परिश्रम मध्यम।


पित्त प्रकाेप भएको लक्षण :


🍁 गर्मी लाग्नु, धेरै पसिना आउनु।


🍁 धेरै रिस उठ्नु, रिंगटा लाग्नु, बेहाेस हुनु।


🍁 निद्रा कम लाग्नु, धेरै थकावट महशुस हुनु।


🍁 शरीरमा जलन महशुस हुनु।


🍁 छालाकाे रंग गाढा हुनु, शरीरबाट दुर्गन्ध आउनु।


🍁 मुखमा तीताे वा अमिलाे स्वाद हुनु।


🍁 चीसाे चीज धेरै खान मन लाग्नु।


🍁 आँखा, नङकाे रंग पहेलाे हुनु।


पित्त प्रकाेप हुनुकाे कारण :


🍁 नूनीलाे, अमिलाे, पिराे मसाला भएकाे खाना बढि खानाले।


🍁 धेरै शारीरिक परिश्रम, मानसिक तनाव र क्राेध गर्नाले।


🍁 नियमित समयमा भाेजन नगर्नु र भाेक नलागि खाना खानाले।


🍁 तिलकाे तेल, ताेरिकाे तेल सेवनले।


🍁 दही, माेहीकाे अधिक सेवनले ।


पित्त समन गर्ने आहार :


🍁 घ्यू खानाले पित्त समन हुन्छ।


🍁 काउली, काँक्रा, गाजर, आलू, शिमला खुर्सानी, हरियाे साग।


🍁 कालाे दाल बाहेक सबै प्रकारका दाल, अंकुरित अन्न, दलिया, सलाद।


पित्त राेगमा परहेज :


🍁 मूला, काँचाे टमाटर, सुन्तला, ताेरीकाे तेल, तिलकाे तेल, मरिच, खुर्सानी, गरम मसला, काजु, बदाम, पिस्ता, ओखर, चिया, कफि आदि ।


पित्त समन गर्ने उपाय :


🍁 भाेजनमा घ्यूकाे प्रयाेग गर्ने।



🍁 चिसाे पानीले स्नान गर्ने।


🍁 शितल छाँयामा बस्ने।


🍁 पित्त बर्धक पदार्थ र वातावरणबाट बच्ने।


🍁 पित्त समन गर्ने आहार प्रयाेग गर्ने।

कफ प्रकृति :

कफ प्रकाेपको लक्षण, कारण तथा समाधान :

कफ प्रकृतिकाे शारीरिक लक्षण :


🍁 शारीरिक बनावट अर्थात् हात, खुट्टा, छाती माेटाे र अनुहार, आँखा ठूलाे हुने।


🍁 भाेक कम लाग्नु।


🍁 शरीरमा चिसाे लाग्नु। सुगरको मात्रा बढ्नु।


🍁 खाने, बाेल्ने, हिड्ने अर्थात् हरेक कुरा बिस्तारै गर्ने।


🍁 कपाल बाक्लाे हुने।


🍁 बाेली मीठो र आवाज गहकिलो हुने।


🍁 शरीर मजबुत हुन्छ।


🍁 व्यायाम गर्दा चाँडै नथाक्ने।


🍁 अनुहारमा तेलीयपन हुने।


🍁 मुखमा गुलियोपन हुने।


🍁 भोक, तिर्खा कम लाग्ने।


🍁 पाचन अग्नी कम।


🍁 निद्रा धेरै लाग्ने।


🍁 दीर्घायु हुन्छ।


कफ प्रकृतिकाे मानसिक लक्षण :


🍁 शान्त, स्थिर, मनमा संयम रहन्छ।


🍁 कुरा बुझ्न समय लागे पनि स्मरण शक्ति धेरै राम्राे हुन्छ।


🍁 बुद्धिमान हुन्छ।


🍁 निद्रा तथ आलस्य बढी हुन्छ।


🍁 क्राेध, चिडचिडापन कम हुन्छ तर लामाे समय सम्म याद रहन्छ।


🍁 प्रतिकूल परिस्थिमा पनि स्थिर रहन्छ।


🍁 कुनै पनि याेजना राम्राेसँग बनाउने त्यसलाई पुरा गर्न दृढ संकल्पित हुन्छ।


🍁 सरसफाईमा विशेष ध्यान दिने स्वभाव हुन्छ।


🍁 काेमल स्वभावकाे हुन्छ।


कफ प्रकाेप भएको लक्षण :


🍁 आलस्य र निद्रा धेरै लाग्नु।


🍁 शरीर माेटाे हुनु।


🍁 स्वास प्रस्वासमा गाह्राे हुनु।


🍁 कफ सहितकाे खाेकी आउनु।


🍁 डिप्रेशन हुनु।


कफ प्रकाेप हुनुकाे कारण :


🍁 गुलियाे, अमिलाे, चिल्लाे पदार्थ बढि सेवन गर्नु।


🍁 दूध, तिलबाट बनेकाे पदार्थ, नून, उखु, चीसाे पानी धेरै खानु।


🍁 नियमित कसरत हुने काम नगर्ने, अल्छी स्वभाव।


🍁 दूध, दही, घ्यू सेवन।


🍁 मासकाे दाल, नरिवल, फर्सी आदि सेवन।


कफ समन गर्ने आहार :


🍁 तीताे, पीराे, टर्राे पदार्थकाे सेवन गर्ने।


🍁 खानामा गहूँ, मकै, ब्राउन राइस सेवन गर्ने।


🍁 सब्जीमा पालक, बन्दा, ब्राेकाउली, सिमी, शिमला खुसार्नी, मटर, चुकन्दर प्रयाेग गर्ने, करेला, मेथीकाे सब्जी खाने।


🍁 गरम मसला सहितकाे भाेजन गर्ने।


🍁 सब्जीमा ताेरिकाे तेल प्रयाेग गर्ने।


🍁 कालाे दाल बाहेक सबै प्रकारकाे दाल खान सकिन्छ।


🍁 नूनकाे सेवन कम गर्ने।


🍁 पुरानाे महले पनि कफलाई कम गर्दछ।


🍁 खानामा मरिच, पिप्ला, साेठ, ल्वाङ, अदुवा प्रयाेग गर्ने।


🍁 जाै, भुटेकाे चना खाने। गुण खाने।


कफ राेगमा परहेज :


🍁 मैदाबाट बनेकाे चिज सेवन नगर्ने।


🍁 खजूर, अन्जीर, आँप, तरबुजा, केरा नखाने।


🍁 टमाटर, काक्राे, एभाेकाडाे नखाने।


🍁 दिनमा नसुत्ने।


कफ समन गर्ने उपाय :


🍁 पुरानाे महकाे सेवन गर्ने।


🍁 बिहान घाम ताप्ने।


🍁 हरेक दिन कसरत गर्ने वा शारीरिक परिक्षम गर्ने।


🍁 गरम कपडा लगाउने।


🍁 आलस्य नगर्ने।


🍁 उपवास बस्ने।


🍁 मनताताे पानीले नुहाउने।


🍁 उमालेकाे ताताे पानी पिउने।


🍁 चिन्तन गर्ने।


🍁 गरम पदार्थ सेवन गर्ने।


🍁 कफ समन गर्ने आहार ग्रहण गर्ने।

Source links:

स्वास्थ्य-विज्ञान


लेखक: परमहंस स्वामी सच्चिदानन्द सरस्वती श्री खप्तड स्वामी


आयुर्वेद सार संग्रह


लेखक: गौरीशंकर 'वशिष्ठ'


OJ Ayurveda:

https://www.youtube.com/results?search_query=oj+ayurveda


Ayurveda for Everyone:

https://www.youtube.com/results?search_query=ayurveda+for+everyone


Santulan Ayurveda:

https://www.youtube.com/results?search_query=santulan+ayurveda


Patanjali:

https://www.1mg.com/hi/patanjali/what-is-kapha-dosha-in-hindi/


Art ofLiving:

https://www.artofliving.org/in-hi/ayurveda/what-is-ayurveda/dosha-imbalance


Patanjali:

https:/www.1mg.com/hi/patanjali/what-is-tridosha/

Dr. Deva Raj Adhikari
11/01/2021 13:24
Very useful information,Thanks for posting.Nepalese people's did not suffer much as compare to American & European due to following our traditional rules , Ayrubedic culture in food practice.
सृजना घिमिरे
10/28/2021 12:18
धन्यवाद, ॐ शान्ति ।
Binod Koirala
10/28/2021 09:20
Thanks for tips about system of taking food according to season.
Santa Bahadur Gurung
10/27/2021 02:09
Many many thanks for great information about ayurveda.
प्रकाश अधिकारी
10/27/2021 02:20
धन्यवाद, आयुर्वेदिक जानकारीका लागि।
Go up